जुम्लाको बड्कीमा पक्की स्वास्थ्यचौकी भवन निर्माण

जुम्ला | पुस ३, २०८१

जुम्लाको बड्कीमा पक्की स्वास्थ्यचौकी भवन निर्माण सांकेतिक तस्बिर

जुम्ला:     हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएको छ । स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो । 


गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक विनियोजित कार्यक्रमअनुसार बड्की स्वास्थ्यचौकीमा रु ३८ लाख लगानीमा पक्की भवन निर्माण गरिएको हो । 


पुरानो साँघुरो भवनबाट बर्थिङ सेन्टर, सामान्य जाँचदेखि अन्य सेवा दिइरहेको स्वास्थ्यचौकीलाई पूर्वाधार अभावले सेवा प्रवाहमा कठिनाइ भएको थियो । 


गाउँपालिका अध्यक्ष शाहीले भन्नुभयो, “भौगोलिक रुपमा विकट र सदरमुकामभन्दा टाढा रहेका हिमाका थुप्रै बस्ती स्वास्थ्यचौकीबाटै विभिन्न स्वास्थ्य सेवा लिइरहेका छन् । 


“आर्थिकरुपमा विपन्न नागरिकका लागि स्वास्थ्यचौकी ठूलो अस्पताल हो । दैनिक धेरैले सेवा लिन्छन्, तर पूर्वाधार अभावले साँघुरो संचरनाबाट सेवा दिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेका छौं, पालिका भित्रका सबै,स्वास्थ्य संस्थालाई पूर्वाधार र उपकरणमा सम्पन्न बनाउने पालिकाको लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “गत आवको विनियोजित रु ३८ लाख बजेटबाट बोलपत्र आह्वान भई भवन निर्माण भएको छ ।” 
 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्